रसुवा । नेपाल–चीनबीच निर्माण हुन लागेको पहिलो अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ सबस्टेशन निर्माणका लागि सर्भे सुरु भएको छ।
प्रसारण लाइनको चीनतर्फ तिब्बतमा रहेको जिलोङ काउन्टीमा सबस्टेशन राख्ने तयारी छ।
नेपालतर्फ नुवाकोट त्रिशूलीमा सबस्टेशन राख्नका लागि सर्भेको काम सुरु भएको हो।
नेपाल विद्युत् प्राधिकरणले आफ्नै जग्गामा सबस्टेशन निर्माण गर्ने सहित सर्बेको काम अघि बढाएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए ।
आयोजनाले नेपालतर्फ यसअघि नै लोड फ्लो टेष्टको काम सकेको छ। चालु आर्थिक वर्ष २०७७र७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिने गरी काम अगाडि बढाइएको आयोजनाले जनाएको छ।
यसको काम झण्डै डेड वर्षमा सकिने रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ।
भारतसँग ढल्केबर, गोरखपुर तथा चीनसँग रसुवागढी–केरुङ प्वान्टबाट प्रणालीको अध्ययन गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
