दुलेगौँडा । तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा दर्जनौँ नेकपासँग आबद्ध स्थानीय नेता कार्यकर्ता पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

प्रवेशीहरूले कम्युनिष्ट सरकारले जनतालाई निराशा मात्र दिएकाले लोकतन्त्रको पहरेदार काँग्रेसमा प्रवेश गरेको बताएका छन्। उनीहरुलाई नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य प्रदीप पौडेलले सदस्यता प्रदान गरेका थिए।

कार्यक्रममा नबप्रवेशीहरुले भोट दिएर पानी र बत्ति समेत पाउन नसकिएको भन्दै नेता पौडेलसँग पानी र बिजुली बत्तिका लागि समन्वय गरिदिन आग्रह गरेका गरे। गाउँपालिकामा कम्युनिष्ट नेतृत्वको स्थानीय सरकारले कामको सिन्को भाँच्न नसकेको गुनासो पनि गरे।

उक्त कार्यक्रम सम्बोधन गर्दै काँग्रेसका नेता पौडेलले फेरि व्यवस्थाकै लागि भनेर अर्को लडाई लड्ने नेपाल र नेपालीको चाहना नभएको बताए।

नेता पौडेलले भने, “देश बारम्बार प्रतिगमनमा गहिरहन सक्दैन । स्थायित्व र विकास, हाम्रो साझा लक्ष्य हो। डटेर लडौँ । प्रतिगमन विरुद्ध कुनै सम्झौता हुँदैन। इतिहास साक्षी छ, शाही राज्य चेतना बोकेका ओलीहरुहरुको अन्त्य अवश्य हुन्छ”।

केही दिनदेखि गृह जिल्ला तनहुँमा रहेका नेता पौडेल प्रतिनिधिसभा विघटन विरुद्धका विभिन्न कार्यक्रम, पार्टीका नेता कार्यकर्ता र स्थानीयसँग छलफलमा व्यस्त छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
