कोरोना संक्रमणबाट बेलायतमा थप १२९० को मृत्यु, ३७ हजार बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ।

अघिल्लो दिनको तुलनामा मृतक संख्या ५३० ले कमी भएको हो। यससँगै बेलायतमा कोरना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ हजार ५८० पुगेको छ। बुधबार एकैदिनमा १८२० जनाको मृत्यु भएको थियो,जुन महामारीयताकै उच्च हो।

Advertisement

सबैभन्दा बढी मृतक संख्याको आधारमा बेलायत विश्वभरमा पाँचौं स्थानमा पार्दछ। यसैगरी गएको २४ घन्टामा ३७ हजार ८९२ जान नयाँ कोरोना संक्रमित थपिएका छन्।

नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ लाख ४३ हजार ६४६ पुगेको छ। कोरोना संक्रमित संख्या बढेसँगै बेलायतमा कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएको छ।

हालसम्म झन्डै पचास लाख मानिसहरुलाई कोरोना विरुद्धको खोपको पहिलो डोज दिईसकेको स्वास्थ्य विभागले जनाएको छ।

जसमध्ये ४९ लाख ७३ हजार २४८ जनाले पहिलो डोज लिएका छन् भने चार लाख ६४ हजार ३६ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेका छन्।

More News last news
Loading...