कीर्तिमानी जीतसँगै युनाइटेड शीर्ष स्थानमा उक्लियो

काठमाडौँ । पाउल पोग्बाले उत्कृष्ट गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहामलाई पराजित गरेको छ। फुलहमविरुद्ध कीर्तिमानी जीत हासिल गर्दै युनाइटेड पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

युनाइटेड खेलको पाँचौ मिनेटमा नै एडेमोला लुकम्यानको गोलमा पछि परेको थियो। तर, २१ औँ मिनेटमा एडिन्सन कभानीले गोल गर्दै खेल बराबरी गरे। दोस्रो हाफमा पोग्बाले गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे।

Advertisement

युनाइटेड प्रिमियर लिगमा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला १७ खेल अपराजित रहेको छ। योसँगै क्लबले घरेलु मैदानबाहिर अपराजित रहेको क्लबको कीर्तिमानलाई बराबरी गरेको छ।

यसअघि युनाइटेडले सन् डिसेम्बर १९९८ देखि सेप्टेम्बर १९९९ सम्म अपराजित रहँदै यो कीर्तिमान बनाएको थियो।

जीतसँगै १९ खेलबाट ४० अंक बटुल्दै युनाइटेड लिगको शीर्ष स्थानमा उक्लेको छ। दोस्रो स्थानमा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी रहेको छ। सिटीको १८ खलबाट ३८ अंक रहेको छ।

बुधबार नै सिटीले एस्टनभिल्लालाई २-० गोलले हरायो। सिटीको संघर्षपूर्ण जीतमा बर्नार्डो सिल्भा र इल्के गुन्डोगानले एक-एक गोल गरे।

More News last news
Loading...