विश्वको सर्वाधिक मूल्यवान दुई-पाङ्ग्रे सवारी कम्पनी बन्यो बजाज

काठमाडौँ । बजाज अटो लिमिटेड बजार पुँजीकरण रु १.६ लाख करोड नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुई-पाङ्ग्रे कम्पनी बनेको छ।

बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर रु ५५६६.४ रुपैयाँ पुगेर बजार पुँजीकरण रु.१६१०७३.२१६ करोडमा समेटिएको थियो। बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापनाका गरेको छ।

Advertisement

विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुई-पाङ्ग्रे सवारी कम्पनीले रु १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण हासिल गर्न सकेको छैनन्।

यस प्रकार, बजाज अटो दुई-पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, रु. १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण पु-याउने विश्वमै पहिलो दुई-पाङ्ग्रे कम्पनी पनि हो।

बजाज अटोको यात्रा भारतमा ७५ बर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन्।

जसले यसलाई वास्तवमै ‘विश्वकौ लोकप्रिय भारतीय’ ब्राण्ड बनाएको छ। यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसँगै यो विश्व बजारमा लगातार विस्तार भइरहेको छ।

बजाज अटोको अष्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ जहाँ यस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ।

More News last news
Loading...