आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज साताको चौथो दिन अर्थात बुधबार सुनको भाउ बढेको छ।

मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार रुपवैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...