काठमाडौँ-ल्हासामा हिमालय एअरलाइन्सको परीक्षण उडान सुरु

काठमाडौँ । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्स जनवरी १९ मा आफ्नो पहिलो उच्च उचाई गन्तव्य-ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ।

ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो, जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ।

Advertisement

आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको कम्पनीले जनाएको छ।

परीक्षण उडान H9 961 त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७:१७ बजे (स्थानीय समय) मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०:४६ बजे (स्थानीय समय) मा अवतरण गरेको छ। ल्हासाबाट फिर्ती उडान H9 962 आजै अपरान्ह १५:०० बजे भएको छ।

एअरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरु सहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासा स्थित गोंगर अन्तर्राष्ट्रिय विमान स्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने छन्।

परीक्षण उडानका लागि एअरलाइन्सले सन् २०२०को मार्च महिना मै विशेषतः उच्च उचाईका लागि उडान भर्न H9 AJK नाममा दर्ता भएको नवीनतम न्यारोबडी हवाइ जहाज A319-115 प्रयोगमा ल्याएको छ।

१२० इकोनोमी र ८ विजिनेस क्लास सिटको व्यवस्था भएको एअरक्राफ्ट उच्च उचाईको उडान भर्नको लागि परिमार्जित छ र अधिकतम १४,५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ।

More News last news
Loading...