काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाए पछि अनेरास्ववियूले आपत्ती जनाएको छ।
अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धि गर्ने प्रतिगामी सरकारको निर्णय निन्दनिय र भर्त्सना योग्य भएको बताए।
पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्धमा चौतर्फि बिरोधमा उत्रन अनेरास्ववियूका नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन्।
निगम पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको हो। र पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ।
यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
