पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ। तनहुँ जिल्ला भीमाद नगरपालिका–६ की ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट आइतबार राति ज्यान गएको हो।

पुस २८ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९उपचार केन्द्रमा उपचाररत महिलाको उपचारकै क्रममा आइतबार राति १०:३० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए।

Advertisement

ती महिलामा कोरोना संक्रमणसँगै प्रेसर, सुगरलगायतको समस्या रहेको शर्माले जानकारी दिए। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको छ।

आइतबार दिउँसो पनि पोखरा-८ का एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

More News last news
Loading...