हुम्ला । प्रतिनिधिसभा विघटन भएसँगै विभाजित सत्तारूढ नेकपाका ओली र दाहाल–नेपाल समूहका कार्यकर्ताबीच झडप हुन थालेको छ।
समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्न थालेको नेकपामा स्थानीइ तहमा झडप हुन थालेको हो।
हुम्लाको अदानचुली गाउँपालिमा वडा कमिटी पुर्गठन गरेको विषयमा नेकपाका दुई समूहबीच कुटाकुट भएको छ।
अदानचुलीको १ नम्बर वडाको कमिटी पुनर्गठन गरेर फर्कने क्रममा ओली पक्षका वडाध्यक्ष रंग थापामाथि अर्को पक्षले आक्रमण गरेको छ।
वडा कमिटी गठन गरेर फर्कने क्रममा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए।
थापाको टाउको र मुखमा चोट लागेको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
