विद्युत् प्राधिकरणको नयाँ लोडसेडिङ तालिका सार्वजनिक

जुम्ला । नेपाल विद्युत् प्राधिकरणले नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको हो।

प्राधिकरणले समूह ‘क’ अन्तर्गतका टुडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरीगाउ र हस्पिटलमा दिउँसो १२ देखि १२:३० र ९:३० देखि १२ बजेसम्म लोडसेडिङ हुने जनाएको छ।

Advertisement

त्यसैगरी समूह ‘ख’ अन्तर्गत विजयनगर ठुलो, विजयनगर सानो, बोहरागाँउ र बसपार्क लगायतका स्थानमा १२ः३० बजेदेखि ९ः३० बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार प्रत्येक हप्ता लोडसेडिङको समूह भने परिवर्तन हुनेछ। हरेक दिन बिहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने पनि प्राधिकरणको सूचनामा उल्लेख छ ।

पिक लोडको समयमा वितरणको प्रणालीमा पावर अपुग हुन गएमा लाइन काटिनेसमेत प्राधिकरणले जनाएको हो।

 

More News last news
Loading...