काठमाडौँ । भारतको लखनौमा नयाँ बेहुली घरमा भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइएको छ ।
बिनयकुमार यादवका छोरा २८ वर्षीय धिरज कुमारले लखनौ कै एक शहरबाट धनीराम बर्माकी छोरीसँग मागी विवाह गरी शुक्रबार घर भित्र्याउने क्रममा चुवाउन (टिकोटालो) गरिरहेका बेला बेहुलीले बच्चा जन्माएको स्थानीयले बताएका छन् ।
घर भित्र्याउने बेला बच्चा जन्मेपछि लोकान्ती आएका बेहुलीका काका र भाइको जिम्मा लगाएर माइतीघर पठाईदिएको छ, बेहुलाका आफन्तलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रोजगारीको क्रममा भारतको दिल्ली बस्दै आएका धीरजकुमारले ४ महिनाअघि युवतीलाई हेरेर विवाहको कुरा टुङ्याएका थिए ।
धिरज कुमारले भित्र्याउनै नपाई बुहारीले छोरो जन्माएपछि आफूहरु अलमलमै परेको परिवारले जनाएको छ । जन्मेको बच्चा महिना पुगेरै जन्मिएको जस्तो देखिएको स्थानीयले जनाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
