यो प्रदेशमा आज सार्वजनिक बिदा, बलिदानी दिवस मनाइँदै

काठमाडौँ । मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदैछ ।

दिवसका अवसरमा आज प्रदेश २ सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

Advertisement

२०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन्।

दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन्।

तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १ सय ३ जनाले ज्यान गुमाएका थिए ।

More News last news
Loading...