आज ह्वात्तै घट्यो सुनको भाउ, चाँदीको पनि ओरालो

काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबार सुनको भाउ पुनः ओरालो लागेको छ ।

शुक्रबार ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

यस्तै, आज तेजावी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...