काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको नेपाल मैदा उद्योग संघको २२औं वार्षिक साधारण सभाले कुमुदकुमार दुगडलाई आगामी २ बर्षको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ।
अध्यक्ष कुमुदकुमार दुगड बिगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेका छन्। सभाले संघको नयां नेतृत्वको लागि फेरि उनलाई नै निर्विरोध चयन गरेको हो।
सभाले मुल्य अभिवृद्धी करका कारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेको हुँदा मुल्य अभिवृद्धी कर छुटमा विचार गरि दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ।
मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुँदा अन्य मुलुकबाट आयातहुने मैदा पूर्ण बन्देज हुनुपर्ने माग पनि सभाले गरेको छ।
कच्चापदार्थ गहुँ र तयारी बस्तु मैदा आयात गर्दा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले फरक हुनुपर्ने सभाले माग गरेको छ। गहुँ र मैदा आयातगर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तिमा पनि दुई तह फरक हुनु पर्ने निर्णय सभाले गरेको छ।
गहुँ आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाई उद्योगकै नाममा गहुँ आयात गर्दा १ प्रतिशत हुनुपर्ने माग समेत सभाले सरकारसँग राखेको छ।
कमसेकम अफ सिजनमा भएपनि स्वदेशी उद्योगलाई सहुलिएत दरमा गहुँ आयात गर्न पाउनु पर्ने माग सभाले सरकारसँग राखेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
