काठमाडौँ । नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ माघ २ गतेदेखि खुलेको छ ।
बैंकले शुक्रवारदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो कूल ८ अर्ब रुपैयाँ रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता सय रुपैयाँका दरले ८ करोड कित्ता शेयर निश्कासन गरेको छ ।
जसमध्ये कुल शेयरको ० दशमलव २ प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ।
म्युचुअल फण्डका लागि ० दशमलव ५ प्रतिशत अर्थात ४ लाख कित्ता शेयर छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई तोकिएको छ। क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
