सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा

काठमाडौं । ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’सञ्चालनमा ल्याएको छ।

यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैँक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्नेछन् जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ।

Advertisement

ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंक स्माट) बाट बैंकको काउण्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक १० लाखसम्मको रकम निकाल्न सक्नेछन्।

More News last news
Loading...