काठमाडौँ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ लाख नाघेको छ।
अहिलेसम्म कोरोना कारण १९ लाख आठ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डोमिटरले जनाएको छ। विश्वमा अहिले आठ करोड ८६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ। यसमध्ये ६ करोड ३६ लाख ९१ हजारभन्दा धेरै निको भएका छन्।
विश्वमा कोरोनाका दुई करोड ३० लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन्। विश्वभर शुक्रबार (आज) मात्रै एक लाखभन्दा धेरै सङ्क्रमित थपिएको वर्ल्डोमिटरले जनाएको छ।
अहिलेसम्म विश्वका १८ वटा देशमा १० लाखभन्दा धेरै सङ्क्रमित देखिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
