काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको काउन्टर शनिवार पनि खुला हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीयलाई कर संकलन प्रयोजनका लागि शनिबार पनि राजश्व संकलन गर्ने काउन्टर खुला राख्ने व्यवस्था गर्न निर्देशन दिएसँगै त्यस्ता काउन्टरहरु खुल्ने भएका हुन्।
दोस्रो त्रैमास सकिनै लाग्दा व्यवसायिक संस्थाहरुले पुस मसान्तमा यो अवधिको अनुमानित आयमा आधारित आयकर बुझाउँछन्।
यसका लागि प्रत्येक त्रैमासको अन्तिम शनिबार आन्तरिक राजश्व विभागले आफू मातहतका सबै कार्यालय खुला राख्दै आएको छ। यसैलाई सहयोग गर्न राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
