काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको भाउ घटेको छ।
आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार ९ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
