१८ वर्षीय डियालो एटलान्टाबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

काठमाडौँ । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ।

युनाइटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो। आइभरी कोस्टका विंगरसँग युनाइटेडले साढे चार वर्षको सम्झौता गरेको छ।

Advertisement

सम्झौतासँगै डियालो सन् २०२५ को जुनसम्म युनाइटेडमा रहने छन्। यस्तै डियालोलाई युनाइटेडले थप एक वर्ष सम्झौता थपको विकल्प समेत दिएको छ।

डियालोले एटलान्टाको सिनियर टिमबाट ५ खेल खेलिसकेका छन्। उनले एक गोलसमेत गरेका छन्। गएको वर्ष सिनियर टिममा डेब्यु गरेका उनी उमेर समूहको टिमका मुख्य खेलाडी हुन्।

More News last news
Loading...