काठमाडौँ । कोभिड प्रभावित व्यवसायीहरु सरकार विरुद्ध आन्दोलित भएका छन्। गत चैतदेखिको लगातारको बन्द, बन्दपछिको सुस्त बजारले व्यवसायमा पारेको प्रभावबाट माथि उठ्न नसकिरहेकोमा बैंकले थप धर्पकड गर्न थालेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्।
कोभिडका कारण व्यापार व्यावसाय, उद्योगधन्दा सबै गुमाएर शून्य अवस्थामा रहेका व्यवसायीहरुलाई बैंकले ब्याज, किस्तामा धर्पकड गर्ने, कालो सूचिमा राख्ने र सम्पत्ति लिलामीको सूचना समेत निकाल्न थालेपछि व्यवसायीहरु त्रसित भएका हुन्।
यस्तो परिस्थिति आउँदा समेत सरकारले व्यवसायीहरुको पक्षमा कुनै पहल कदमी चाल्न नसकेको, बरु उल्टै बैंकको ज्याजतीमा मौन समर्थन जनाएको भन्दै व्यवसायीहरु सरकार विरुद्ध आक्रोशित भएका छन्।
नेपालका अनुसार गत चैतदेखिको लगातार बन्द र बन्दपछिको सुस्त बजारका कारण सार्वजनिक यातायातले हालसम्म गति पाएको छैन। कोभिडका कारण मान्छेहरु निर्धक्क बाहिर निस्कन सकेका छैनन्।
जसका कारण व्यवसायीहरुको कमाईको बाटो गुमेको छ। तर बैंक बीमाले भने यतिनै खेर व्यवसायीहरुलाई नराम्रोसँग च्यापेको छ। ब्याज, किस्ता चलाउन नसकेकै कारण बैंकहरुले धमाधम धितो सम्पत्ति लिलामीको सूचना निकाल्न थालेका छन्। तर सरकार भने मौन छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
