काठमाडौँ । सेञ्चुरी बैँकले ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ।
बैँकले मंगलबार बाँकेको, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट, मुस्ताङ्गको लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट, ललितपुरको भोलढोका, बालकुमारी शाखाको बैँकको सञ्चालक समितिका सदस्य राजेशराज दलीबाट, काठमाडौँको कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्यबाट, काठमाडौँको नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालबाट, भक्तपुरको सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनील कुमार न्यौपानेबाट र काठमाडौँको टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठले भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन गरेका हुन्।
यो सँगै बैंकको शाखा संजाल १२० पुगेको छ। सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आइरहेको छ।
चालु आवको असोज मसान्त सम्म बैंकले कुल निक्षेप ८२.४२ अर्व र कर्जा रकम ६६.९३ अर्व परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
