काठमाडौँ । सिद्वार्थ बैंकले १९ औ साधारण सभा माघ १६ गते बिहान ११ बजे बोलाएको छ।
बैंकले सभा आम्रपाली बैंक्वेटबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ। कोरोना भाइरसको कारण शेयरधनीलाई सभामा उपस्थित हुनलाई मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ।
सभाले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ।
बैंकले कुनै पनि बैंक तथा वित्तिय सस्थासँग गाभिने तथा पदर्शनमा जानको लागि समेत सञ्चालक समितिलाई अख्तियारी दिने र ५ जना सञ्चालकको निर्वाचन गर्ने पनि जनाएको छ।
सभाको लागि बैंकले पुस २८ गते बुक क्लोज गर्ने भएकोले २७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
