बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।
बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलाशैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए।
उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ। भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा परेको थियो। तर क्षतिबारे भने कुनै विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
