प्रभु लाइफको शेयर कारोबार आजदेखिः कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजदेखि हुने भएको छ। सर्वसाधारणलाई निष्काशन गरेको प्रभु लाइफले सो शेयरको बाँडफाँट र सूचीकरणको प्रक्रिया पूरा गरेर आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु गर्न लागेको हो।

आइतबारदेखि सुरु हुने कारोबारका लागि इन्स्योरेन्सले १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको छ।

Advertisement

यसअनुसार यो शेयरको पहिलो कारोबार १ सय १० रुपैयाँदेखि ३ सय २८ रुपैयाँसम्ममा हुनेछ। यद्यपि अन्यथा नभएको अवस्थामा पहिलो कारोबार माथिल्लो रेञ्ज अर्थात् ३ सय २८ रुपैयाँमै हुनसक्ने सम्भावना छ।

२ अर्ब चुक्ता पुँजी भएको यो कम्पनीले ३० प्रतिशत बराबरले हुने ६० करोड बराबरको आईपीओ जारी गरेको थियो । त्यसमध्ये ३÷३ करोडको शेयर म्युचुअल फण्ड र कर्मचारीलाई छुट्याएर बाँकी ५४ करोड रुपैयाँ बराबरका ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई वितरण गरेको थियो।

हालसम्म सूचीकरण भएका जीवनबीमा कम्पनीमध्ये सबैभन्दा कम मूल्य रिलायन्स लाइफ इन्स्योरेन्सको ६ सय १ रुपैयाँ र सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ हजार २ सय ९५ रुपैयाँ छ।

रिलायन्स लाइफ नयाँ जीवनबीमा कम्पनी रहेकोले प्रभु लाइफ इन्स्योरेन्सको मूल्य पनि सोही कम्पनीको बजारमूल्यसँग तुलना गर्न मिल्ने बजारका जानकारहरु बताउँछन्।

More News last news
Loading...