२ सय ७७ दिने मुद्दतीमा २५ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैँक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको २ सय ७७ दिने मुद्दतीमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम २०७७ फागुन १ गतेदेखि २०७८ भदौ ३१ गते सम्मको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो।

Advertisement

केन्द्रीय बैंकले वाणिज्य बैंकका मुद्दती निक्षेपमा २० करोड राख्ने भएको छ। यसैगरी, विकास बैंकमा ख३ करोड ७५ लाख र वित्त कम्पनीहरूमा १ करोड २५ लाख लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई पुस २० गते दिउँसो ३ बजेभित्र पेश गर्न अनुरोध गरेको छ।

More News last news
Loading...