आज बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको भाउ बढेको छ।

आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको भाउ ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...