तनहुँमा नेकपालाई ठूलो झड्का, नेकपाकी नेतृ भट्टराई सहित सिंगो गाउँ नै काँग्रेस प्रवेश

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ८ स्थित समावेशी टोल अन्तर्गतको साविकको हिलेपानी गाँऊका सवै गाँउवासी नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

६५ घरधुरी रहेको समावेशी टोलकी अध्यक्ष एवम् नेकपा नेतृ ईन्दिरा भट्टराईको नेत्तृत्वमा १६५ जना युवा तथा टोलवासीहरु नेकपा छाडेर काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी टोलीलाई नेपाली काग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदीप पौडेलले टिका, खादा लगाएर नेपाली काँग्रेसको सदस्यता प्रदान गरे ।

Advertisement

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसमा स्वागत गर्दै नेपाली जनताको पीडा वुझ्ने पार्टी भनेको नै नेपाली काँग्रेस भएकोले काँग्रेसको पक्षमा जनलहर सृजना भएको भन्दै यसले आफूलाई उत्साहित बनाएको बताए ।

नवप्रवेशी एवम् समावेशी टोल विकास संस्थाकी अध्यक्ष तथा नेकपाकी स्थानिय नेतृ समेत रहेकी ईन्दिरा भट्टराईले कम्युनिष्टहरुको झुट्टा राजनिती र कम्युनिष्ट नेताहरुको भ्रष्ट प्रवृत्तिबाट आजित भएर आफुले ३४ वर्षसम्म दुख गरेको पार्टी नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेको वताईन् ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला प्रवक्ता महेश्वर भट्टराई, महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डित, नेपाली काँग्रेस शुक्लागण्डकीका नगर सभापति माधव भट्टराई र वडा नं ८ वडा सभापति कृष्ण प्रसाद रेग्मी जिल्ला सदस्यहरु भक्त श्रेष्ठ, याम वहादुर खाँण  लगायतको सहभागिता रहेको थियो ।

More News last news
Loading...