पठाओको कार्यालय तोडफोड प्रति अनलाइन डेलिभरी सेवा संचालकहरुको आपत्ति

काठमाडौं । राइड सेरिङ्ग कम्पनि पठाओको कार्यालयमा भएको तोडफोडप्रति ई-कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले दुख व्यक्त गरेको छ ।

फोरमका संयोजक सागर देव भट्टले एक बिज्ञप्ती जारी गर्दै कुनै समस्या भए आपसी बार्ता र सहमतिको प्रक्रिया नरोजेर एक संस्थामाथि आक्रमण शैलीमा उत्रनु र तोडफोड गर्नु निकै दुखद् भएको जनाएका हुन्।

Advertisement

यस्तै यस्ता अर्मयादित कार्यको छिटो भन्दा छिटो छानबिन गरि दोषीहरुलाई कारवाही गर्न फोरमले नेपाल प्रहरी र गृह मन्त्रालयसमक्ष माग समेत गरेको छ। ‘पठाओ जस्ता राइड सेयरिङ्ग एपहरुले गर्दा सर्वसाधारण नागरिकहरुको दैनिक यात्रा धेरै हद सम्म सजिलो हुदै आएको कुरा सर्व बिधित नै छ, साथै कोभिड १९ का कारण अर्थतन्त्र सिथिल भएको समयमा पनि हजारौंले रोजगारी पाएको पनि सर्वबिधितै छ।’, बिज्ञप्तिमा भनिएको छ ।

कार्यालयमा गएर आक्रमण र तोडफोड गर्ने जस्ता घटनाले नेपाली स्टार्ट अप क्षेत्रलाई नवीनता र आविष्कारको बाटोमा धकेल्नुको साटो उल्टै सूचना प्रविधिको माध्यमबाट नेपाली नागरिकहरुलाइ जीवनयापन गर्न सहज बनाइरहेका सबै संस्थाहरुलाइ दुरुत्साहन गरेको महसुस समेत फोरमको ठहर छ।

More News last news
Loading...