एनएमबी बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागि कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलब भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्ने बताइएको छ।

Advertisement

समझदारीपत्रमा एनएमबी बैंककातर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत श्री सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसकातर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

अहिलेको प्रतिकूल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता भौतिक दूरी कायम गर्न मद्दत पुर्याउन एनएमबी बैंकले लागू गरिरहेको धेरै परियोजनाहरु मध्ये एक हो।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रीत रहेर नगदसहितबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख रहेको बैंकले जनाएको छ।

More News last news
Loading...