ग्लोबल आइएमई र निर्यात व्यवसायी महासंघबीच हस्ताक्षर

काठमाडौँ । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघ–संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ्ग सेवाहरु प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका हुन्।

Advertisement

सम्झौताअनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने छ।

बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ्ग सेवा सरल र सहजरुपमा उपलब्ध गराउने जनाएको छ।

सम्झौताअनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान, पुनर्कर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरु उपलब्ध गराउने छ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पुर्याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीहरुको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए।

More News last news
Loading...