ललितपुर । ललितपुरको बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।
जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ।
हिजो बेलुका बा २१ च ५०६४ नम्बरको जीपले पैदल हिँड्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पतालमा उपचारका ज्यान गएको हो।
जीपका चालक धादिङका राजु तामाङलाई पक्राउ गरिएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
