मेगा बैंकले ल्यायो ‘भिडियो कल’बाटै खाता खोल्ने सुविधा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ।

ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले ‘भिडियो कल’बाटै खाता खोल्ने सुविधा ल्याएको हो।

Advertisement

ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधा दिइरहेको मेगा बैंकको यस सुविधाबाट ग्राहकहरुले घरबाटै आफूले चाहेको खाता खोल्न सक्नेछन् ।

इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । आफूले खोल्न चाहेको खाताबारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ।

यो सेवा कसरी लिने ?

सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । वेबसाईटको सबैभन्दा माथि बायाँतर्फ ‘अनलाईन अकाउन्ट ओपन मेनु’ आउँछ।

यस मेनुमा क्लिक गरेपछि त्यहाँ मेगा बैंकका विभिन्न बचत खाता योजनाहरु भेटिन्छन् र आफूले कुन खाता खोल्न चाहेको हो, त्यो छान्नुपर्छ । छानिसकेपछि ‘कृएट’ ट्याबमा क्लिक गरेर भिडियो कलसम्बन्धी सुविधा रोज्नुपर्छ।

ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, मोवाइल नम्बर, इमेल, नजिकको शाखा कार्यालय र भिडियो कलका लागि मिति सहितको विवरण भरी आफ्नो नागरिकता वा पासपोर्टलाई फोटो खिचेर वा स्क्यान भएको भए सोही अनुसार छनौट गरेर अपलोड गर्नुपर्छ।

त्यो विवरण प्राप्त गर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।

More News last news
Loading...