काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुलाई ५१ प्रतिशत लाभांश दिने भएको छ।
मंगलबार साँझ बसेको कम्पनीको ३११औं सञ्चालक समितिको बैठकले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो।
बीमा समितिको स्वीकृति र साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन्। कम्पनीले आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
हाल नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ। बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड पुग्ने छ। कम्पनीको जगेडा कोषमा ३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
