आज डिसेम्बर २१ अर्थात वर्षकै सबैभन्दा छोटो दिन

काठमाडौँ । खगोल विज्ञानका दृष्टिकोणले आज २१ डिसेम्बरको दिन नै चलिरहेको वर्षको सबै भन्दा छोटो दिन हो।

खगोल विज्ञानको भाषामा यसलाई शीतकालीन अयनांत (wintar solstice) भनिन्छ। यो घटना प्रत्येक वर्ष हुन्छ।

Advertisement

आजको दिन सूर्य कर्क रेखाबाट (Tropic of Cancer) मकर रेखा (Tropic of Capricorn) अर्थात उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ।

यो नै त्यो समय अथवा दिन हुन्छ जुन दिन पृथ्वीको उत्तरी गोलार्ध (Northern Hemisphere) मा दिनको लम्बाई सबै भन्दा छोटो हुन्छ र रात्रिको समय वर्ष कै लामो हुन्छ।

भनौं, आजको दिन उत्तरी गोलार्धमा सूर्यका किरण सबैभन्दा कम समयका लागि देखापर्छ। आज दिन ८ घण्टासम्मको र रात्रि १४ घण्टासम्मको हुन्छ। यसको निर्धारण उत्तरी गोलार्धमा स्थित देशहरुको ‘टाइम ज़ोन’ र भगौलिक अवस्थितिअनुसार हुन्छ।

सूर्यले दक्षिणायनमा प्रवेश गरेपछि उत्तरी गोलार्धमा शीतको प्रकोप झनै बढ्छ।

डिसेम्बर २१/२२ मा हुने ‘विंटर सोल्स्टिसुको दिन उत्तरी गोलार्द्धमा दिन सबै भन्दा सानो हुन्छ भने यसको ठीक उल्टा दक्षिणी गोलार्द्धमा (Southern Hemisphere) भने दिन सबै भन्दा लामो हुन्छ।

कारण पृथ्वी झण्डै झण्डै गोलो छ र सूर्यको परिक्रमा गर्ने आफ्नो पथमा झण्डै २३.५ डिग्रीले ढल्केको छ । यस कारणले दुबै गोलार्द्धमा पर्ने सूर्यको प्रकाश फरक फरक हुन्छ।

More News last news
Loading...