आज र भोलि यी स्थानमा बिजुली नआउने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज गोठाटार फिडर अन्तर्गतको एचटी लाइन मर्मत गर्ने भएको छ।

जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर अन्तर्गत एयरपोर्ट पछाडि खहरेदेखि महानटार, तेजविनायक, पहेलो पुल हुँदै शिवचोकसम्म एचटी लाइन सुदृढीकरण कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रहरुमा विद्युत अपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

Advertisement

आज र भोलि बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । साथै सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो अगावै लाइन सुचारु हुनसक्ने प्राधिकरणले जनाएको छ ।

More News last news
Loading...