काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार सुनको भाउ बढेको छ।
आज छापावाल सुन ९ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको भाउ ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
