काठमाडौँ । संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम कुमार राईलाई सिफारिस गरेको छ।
संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० मा बसेको संवैधानिक परिषदको बैठकले नै राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो।
तर उक्त निर्णयसहितको सिफारिस आइतबार संसदीय सुनाइका लागि संसद सचिवालयमा पुगेको छ।
संवैधानिक नियुक्तिका लागि सिफारिस भएपछि संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था भए पनि संसद् नै विघटन भएकोले अब संसदीय सुनुवाइ हुने अवस्था छैन।
संसदीय सुनुवाइ विना नै राई अख्तियारमा प्रमुख बन्ने भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
