प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।

आइतबार अध्यक्ष ओली बिनै बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो।

Advertisement

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरू भने सहभागी भएका थिएनन्। भोलि सांसदहरूसँग छलफल गरेर र पर्सी केन्द्रीय कमिटी बैठकमा यस विवषयमा थप छलफल गरिने भएको छ।

बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन्।

More News last news
Loading...