विद्यालयमा बम रहेको सूचना टाँसेर दुई जना फरार भएपछि…

दाङ । दाङको एक विद्यालयमा बम रहेको सूचना टाँसेर दुई जना फरार भएका छन्।

राजपुर गाउँपालिका वडा नं. ३ स्थित शंकर माध्यमिक विद्यालयमा उनीहरुले सूचना टासेर फरार भएका हुन।

Advertisement

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले घटनाबारे अनुसन्धान जारी रहेको बताए।

विद्यालयको हाताभित्र बम रहेको र बिष्फोट हुने समय समेत तोकिएको सूचना टाँस गरिएको पाइएको हुँदा अनसुन्धान थालिएको उनले बताए।

विद्यालयमा सीसीटीभी फुटेज हेर्दा दुई जना व्यक्तिले पर्चा टाँस गरेको देखिएको प्रहरीले जनाएको छ।

तर उनीहरु को हुन् भन्ने अहिलेसम्म केही खुलेको छैन। उनीहरुले किन पर्चा टासे भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ।

More News last news
Loading...