काठमाडौँ । क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो। पाठेघरको मुखको क्यान्सर पनि सामान्य कोषिकाभन्दा बढी भएर हुने हो।
पाठेघरको मुखको क्यान्सर भनेको एचपिबी भाइरसले गर्दा हुने रोग हो। हुन त यो साधारण भाइरस हो। रुघाखोकी लाग्दा हुने जस्तै सामान्य भाइरस हो।
पाठेघरको मुखको क्यान्सर गराउने भाइरसलाई नम्बर १७ र १८ भनिन्छ। यो भाइरसले मान्छेलाई आक्रमण गरिरहेको हुन्छ । तर यदि त्यो भाइरस शरीरमा ३० वर्षको उमेरपछि पनि ५ देखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुन्छ। सुरूमा पत्ता लगाइयो भने यो क्यान्सरबाट जोगिन सकिन्छ।
यसबाट जोगिनका लागि पाठेघरको मुखको पानीको परीक्षण गर्नुपर्छ। भिआइए परीक्षण गर्नुपर्छ त्यसमा नराम्रो कोषिकाहरू बढेको छ कि छैन पत्ता लगाउनुपर्छ। एचपीबी डिएनएको पनि परीक्षण गर्नुपर्छ।
यसको परीक्षणले भाइरस सक्रिय छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ। जसले गर्दा पाँचदेखि १० वर्षको बीचमा क्यान्सर लाग्छ कि लग्दैन भनेर अनुमान गर्न सकिन्छ। त्यसैले हरेक महिलाहरूले यसको परीक्षण गर्नुपर्छ।
सुरूआती चरणमा पत्ता लगाउन सकियो भने क्यान्सरबाट जोगिन सकिन्छ। तर अस्पतालमा महिलाहरू आउन ढिलो गर्छन्।
पाठेघरको मुखको क्यान्सरका कारणहरू र लक्षणहरू
– महिनावारीको बीच बीचमा पनि रगत आउने
– सानै उमेरमा बिहे हुनु र बच्चा हुनु
–बिहेपछिको यौन सम्बन्ध
– गन्हाउने पानी आइराख्नु
– धुम्रपानले र मद्यपान गर्नु
–यौन सम्पर्क गरिसकेपछि रगत बग्नु
यस्ता लक्षणहरूलाई हेलचेक्र्याइँ गर्नु हुँदैन । यस्तो भएमा नजिकको अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जानुपर्छ। अहिले धेरै ठाउँमा भिआइए परीक्षण गर्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
