संसदीय समितिहरु विस्तारै सक्रिय हुँदै, उखु किसानका मागबारे छलफल हुने

काठमाडौँ । संघीय संसद् अन्तर्गतका समितिहरु फेरी सक्रिय हुन थालेका छन्।

केही समय निस्कृय जस्तै भएका समितिहरुले फेरी बैठक तथा छलफललाई निरन्तरता दिन थालेका हुन् ।

Advertisement

संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक विहान ११ बजेपछि सिंहदरबार स्थित समितिको कार्यालयमा बस्नेगरी बोलाइएको छ।

बैठकमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका सम्वन्धमा अध्ययन गर्न गठित उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदनमाथी छलफल हुने भएको छ।

त्यसैगरी, उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक विहान साढे ११ बजेपछि बस्ने तय भएको छ।

बैठकमा आन्दोलनरत उखु किसानहरुको माग सम्वोधन गर्न सरकारलाई निर्देशन दिने लगायतका विषयमा छलफल हुने जनाइएको छ।

संघीय संसदकै विकास तथा प्रविधि समितिको बैठक पनि मध्यान्ह १२ बजेपछि बस्नेगरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।

More News last news
Loading...