चीनको चांग ई-५ यान धर्तीमा फर्कियो

एजेन्सी । चीनको चांग ई–५ यान चन्द्रमाको सतहबाट ढुङ्गा र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ। यसरी चन्द्रमाबाट सफलतापूर्वक ढुंगा लिएर फर्कने चीन मात्र तेस्रो मुलुक हो।

चांग ई–५ यान स्थानीय समयानुसार बिहिबार करिह साढे एक बजे मंगोलियोको भित्री इलाकामा उत्रिएको छ। चांग ई–५ लाई एक अन्तरिक्षयानमार्फत् २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचांग स्टेशनबाट छोडिएको थियो।

Advertisement

४० वर्षपछि यस्तो प्रकारको अभियानमा चन्द्रमाको नमूनालाई धर्तीमा ल्याउने प्रयास गरिएको छ । चांग ई–५ करिब दुई किलोग्राम नमूना लिएर आएको छ।

यसअघि रुसको लूना–२४ मिशन सन् १९७६ मा चन्द्रमाको शतहमा उत्रिएको थियो। त्यतिबेला लूनाले आफूसँग करिब २०० ग्राम माटो लिएर धर्तीमा फर्केको थियो।

यसअघि अमेरिकाको अपोलो अन्तरिक्षगान चन्द्रमाको सतहबाट ढुङ्गा र माटोको नमूना लिएर फर्किएको थियो।

More News last news
Loading...