अध्यादेशको चर्को विरोध भएपछि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास गएका छन्। ओली संवैधानिक परिषदको बैठक सकेर शीतलनिवास गएका हुन्।

प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि त्यसको पार्टीभित्र र बाहिर समेत चर्को विरोध भइरहेको छ।

Advertisement

यद्यपी, नयाँ अध्यादेश ल्याएपछि बसेको बैठकले कुनै निर्णय नगरेको बताइएको छ।

बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा छलफल गरेपनि कुनै निर्णय नगरेको राष्ट्यिसभाका अध्यक्ष समेत रहेका गणेश तिमिल्सनाले जानकारी दिए।

More News last news
Loading...