काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको काँग्रेसका एक नेताले जानकारी दिए।
बैठक बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीकण्ठमा बैठक बोलाइएको छ।
उनले भने, संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो। यो अध्यादेश स्वीकार्य हुँदैन। यस विषयमा भोलिको बैठकमा छलफल हुन्छ।
अध्यादेशका सन्दर्भमा काँग्रेसको पूर्ववत निर्णय कायमै रहेका पदाधिकारी बैठकले पछिल्लो अध्यादेशबारे संस्थागत निर्णय लिने उनको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
