आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज साताको तेस्रो दिन अर्थात (मंगलबार) पनि सुनको भाउ थोरै घटेको छ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको भाउ ९१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...