काठमाडौं । नौं महिनादेखि बन्द रात्रिकालिन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ।
कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ देखि लकडाउनको घोषणा भएसँगै व्यवसाय बन्द रहेका थिए।
बन्द रहेको रात्रिकालिन व्यवसाय (होटल, रेस्टुराँ, डान्स–दोहोरी, क्लब) कुल क्षमताको ५० प्रतिशत मानिस मात्रै राख्न पाउने गरी सञ्चालन अनुमति दिइएको हो।
व्यवसाय सञ्चालनका क्रममा सर्त उल्लङ्घन गरिएको पाइए स्थानीय प्रशासनले व्यवसाय सञ्चालनमा रोक लगाउनुका साथै संक्रामक रोग ऐन २०२० अनुसार सजाय गर्न सक्ने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
