आफूसँग चुनाव लड्न राष्ट्रपतिलाई गगनको चुनौती, भन्छन्, ‘हिम्मत छ भने काठमाडौँमा लडौं’

धनगढी । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिनुभएको छ।

धनगढीमा आयोजित सरकारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गर्नुभएको हो।

Advertisement

नेकपा विवादमा सक्रिय भएर पछिल्लो समय राष्ट्रपति भण्डारी श्री ५ बडामहारानी बन्न खोजेको नेता थापाको आरोप छ।

‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, उहाँले भन्नुभयो, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबस्योस् ।’

आफ्नो पार्टी कांग्रेसले राजालाई पनि फालेकाले राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको उहाँको दाबी छ ।
‘राजालाई त फाल्यो राष्ट्रपतिलाई पनि फाल्न सक्छौँ, उहाँले भन्नुभयो ।

नेता थापाले कांग्रेस यसअघि सरकारमा नआउनुको कारणबारे स्पष्ट पार्दै भन्नुभयो, ‘कांग्रेस नसकेर सरकार सडकमा नआएको होइन, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नका लागि सहयोगी भूमिका गरेको हो ।’

कांग्रेसले सहयोग गर्न खोजे पनि बालुवाटरमा लुकेर षड्यन्त्र मात्रै गरेकोले सरकारलाई खवरदारी गर्न कांग्रेस सडकमा ओर्लिएको उहाँको भनाइ छ । सरकारलाई ठिक ठाउँमा जान बाध्य नपार्दासम्म कांग्रेसले विश्राम नलिने पनि उहाँले ठोकुवा गर्नुभयो ।

नेकपा सरकार शक्तिशाली भए पनि जनतालाई शक्तिशाली बनाउन नसकिरहेको उहाँले टिप्पणी गर्नुभयो ।

‘नेकपाको सरकारले तत्काल चाहिएको र तत्काल पूरा हुने कुरा गर्दैन, तर कहिल्यै पूरा नहुने हावा कुरा मात्रै गर्छ’, नेता थापाले भन्नुभयो।

कहिल्यै भ्रष्टाचार गर्दिन भन्दै सरकार बालुवाटारको जग्गा, ओम्नी, यतिहुँदै ७० करोडसम्मका दर्जनौ काण्डको साथी र मतियार बनेको उहाँले दाबी गर्नुभयो।

तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा भन्दै ७७ वटै जिल्लामा कांग्रेसले प्रदर्शन गरेको छ।

More News last news
Loading...