प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ सोमबारदेखि खुल्दै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ सोमबारदेखि खुल्दैछ।

नयाँ लाइसेन्सप्राप्त जीवनबीमा कम्पनीमध्येको दोस्रो आईपीओको रुपमा प्रभुले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

Advertisement

अहिले सो कम्पनीसँग १ अर्ब ४० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको सो इन्स्योरेन्सले आफ्नो चुक्ता पुँजीलाई जारी पुँजी बराबर पुर्याउन सो आईपीओ निष्कासन गर्न लागेको हो।

सो आईपीओ जारी भएसँगै प्रभु लाइफले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब बराबरको चुक्ता पुँजी पुग्नेछ।

त्यस्तै, सञ्चालनमा आएको ३ वर्षभित्र साधारण सेयरनिष्कासन गर्नैपर्ने नियामकीय प्रक्रिया समेत पूरा गर्नेछ।

प्रभु लाइफले जारी गर्न लागेको उक्त शेयरमध्ये कर्मचारी र सामुहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि ३÷३ लाख कित्ता समेत छुट्याएको छ।

बाँकी रहेको ५४ लाख कित्ता सेयर भने सर्वसाधारण शेयरधनीले प्राप्त गर्नेछन् । १ सय रुपैयाँ बराबरको अंकित मूल्यमा उक्त आईपीओ बिक्री हुनेछ।

सो आवेदन डिम्याट एकाउन्टमा आवद्ध भएका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ।

उक्त सोमबारदेखि खुल्ने उक्त आईपीओको आवेदन बिहीबार (पुस २ गते) बन्द हुनेछ।

More News last news
Loading...